कुरिनटार  : पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । यस सडक खण्डको सेतीदोभानमा खसेको पहिरो पन्छाएर सकिएपछि आज दिउँसो ३ः१० बजेदेखी सडक दुइतर्फी  नै सञ्चालनमा आएको हो ।

लेन अनुशासन र ट्राफिक संकेतको पूर्ण पालना गरी सवारी साधन चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।