चितवनको भरतपुर महानगरपालिका १ आँपटारी स्थित पानी ट्याङकी ओरालोमा बा १ ख ९७५६ नम्बरको फलाम लोड भएको ट्रकले बिपरीत दिशाबाट आई रहेको प्रदेश ३-००३ प ३५४३ नम्बरको स्कुटर र प्रदेश २-०३-००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक जनाको ज्यान गएको छ।                                                                                              मृत्यु  हुनेमा प्रदेश ३-००३ प ३५४३ नम्बरको स्कुटर पछाडि सवार देवघाट गाउँपालिका वडा नं. १ तनहुँ बस्ने चिनिमाया पौडेल रहेकी जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सोही स्कुटरआ चालक भरतपुर महानगरपालिका वडा नं. ११ निवासी ३५ वर्षिय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भईरहेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुनेमा प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटर चालक देवघाटकै ३० वर्षिय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । उहाँहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतक पौडेलको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।