मुग्लिन :  नारायणगढ – मुग्लिन सडक फेरी अवरुद्ध भएको छ । उक्त सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो डाँडा, पाँचकिलो  र ६ किलो लगायत ५/ ६ ठाउँमा लेदो सहितको पहिरो आएपछि मध्यरात देखि नै सडक दुईतर्फी अवरुद्ध भएको बनेको हो ।
बिहानैदेखि पहिरो पन्छाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पञ्छाई सडक सुचार गर्न ५÷६ घण्टा लाग्न सक्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सूर्य बहादुर राना मगरले बताउनुभयो ।बुधबारदेखि निरन्तर परिरहेको झरिका कारण पहिरो गैरहने भएकोले नारायणगढ– मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ।
राजमार्ग अवरुद्ध हुदाँ सयौ सवारीसाधान राजमार्गमा नै अलपत्र परेको छ।