१)खोला
पहिले खोला
झोलामा थियो
अहिले खोलामा
झोला भरिरहेछन्
खोसलेर यावत
ढुङ्गाहरू
माटोबाट ढुङ्गा
पानीबाट माटो
खोला अब
ढुङ्गा,माटो,पानी रहित
चलिरहेछ ठेक्का पट्टामा
जसरी चलिरहेछ
देशको शासन।

२) आमा

प्रत्येकको जीवको स्वार्थ
प्रत्येकको आफू अनुकूल ब्याख्या
अलि फरक पाएं
आमाको स्वार्थको व्याकरण
आमाको उपस्थितिको अर्थ
हो हुन त !
सबै आमा जस्तो भए
आमा सबै जस्तो भए
किन पो
लिइन्थ्यो नाम आमाको।
तेजविलास