चितवन :  चितवनमा जारी निषेधाज्ञा पुन  : थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा एक साता थप गरेको हो । प्रशासन कार्यालयमा आज बसेको बैठकले जारी निषेधाज्ञा असार २४ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।

जारी निषेधाज्ञा भोलि (बिहीबार) राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रशासनले एक साता थप गरेको हो । निषेधाज्ञा लम्बिने भए पनि थप केही क्षेत्र भने खुकुलो हुने भएको छ ।

प्रशासनले सेवाग्राहीको बढी भिडभाड हुने सरकारी कार्यालयहरुले बार अनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको छ । जस अनुसार प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालय अब बार अनुसार खुल्नेछन् । कुन कार्यालय कहिले खोल्ने भनेर स्थानीय तहले आलोपालो प्रणाली तोक्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । अन्य सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न सक्नेछन् ।

यस्तै शुक्रबारदेखि नै तीन पाङग्रे सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु हुने भएको छ । सार्वजनिक यातायातलाई बिस्तारै सहज बनाउदै लैजाने क्रममा बढीमा २ जना यात्रु बोक्ने गरी तीन पाङ्ग्रे सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

जोर गते जोर नम्बरको र बिजोर गते बिजोर नम्बरको अटो रिक्साजस्ता तीन पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न पाइनेछ । तीन पाङ्ग्रे अटोरिक्सा पूर्व निर्धारित रुटमा मात्रै चल्न पाउनेछन् । यस्तै ट्याक्सीमा पनि जोर बिजोर लागु गरिएको छ । प्रशासनले यस अघि २ पाङ्ग्रे निजी सवारी साधनमा मात्रै जोर बिजोर लागु गरेको थियो ।

यस्तै अब पसलहरु साताको तीन दिन दैनिक ६ घण्टा खोल्न पाइने भएको छ बाहेकका पसलहरु साताको तीन दिन खोल्न पाइने भएको छ । इलोक्ट्रिल तथा इलेक्ट्रोनिक्स पसल, भाडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटारपार्ट्स, जुत्ता चप्पल, टेलरिङ्ग, प्रेस तथा फोटोकपी पसल आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजे देखि ६ बजेसम्म खोल्न पाइने प्रशासनले जनाएको छ ।

No photo description available.

No photo description available.

No photo description available.