कुरिनटार-इच्छाकामना गाउँपालिका जनप्रतिनिधिले नियमविपरीत दसैंँ खर्च शीर्षकमा धन्दै ५ लाख लिएका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा गाउँसभाका सदस्यहरु गरी ३८ जना पदाधिकारीले मासिक सुविधाबाहेक दसैँ खर्च भनी ४ लाख ९२ हजार ३० रूपैयाँ लिएको महालेखाको लेखापरीक्षणले देखाएको छ । अध्यक्षले रु ३० हजार, उपाध्यक्षले रु २५ हजार, ७ वटा वडाका वडाध्यक्षहरुले २०/२० हजार र गाउँसभाका सदस्यहरुले ५/५ हजार लिएका हुन ।

Screenshot-2021-06-23-at-05.54.25.png

यसैबिच स्थानीय निकाय स्रोत परिचालन निर्देशिका अनुरुप स्थानिय निकायको परिषदबाट स्वीकृति लिनु पर्नेमा स्थानीय निकायको परिषद्बाट स्वीकृतिसमेत नलिई कार्यपालिका तथा सभाका सदस्यलाई १३ महिना तलब भनी १९ लाख ६३ हजार रूपैयाँ दिएको देखिन्छ । उक्त खर्च नियमसम्मत नभएको महालेखाले जनाएको छ ।

महालेखाको प्रतिवेदनअनुसार ऐनमा व्यवस्था नै नभएको अवस्थामा समेत गाउँपालिकाका पदाधिकारी तथा सदस्यले सुविधाबापत २१ लाख ७५ हजार रूपैयाँ लिएका छन् । सोमध्ये बैठक भत्तामा मात्रै ७ लाख ७५ हजार ५०० रूपैयाँ खर्च भएको देखिन्छ ।