
हुग्दिखोला- धादिङको बेनिघाटरोराङ हुग्दिखोलामा मालवाहक ट्रकमा मोटरसाइकल ठक्कर खादा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन। काठमाडौंबाट चितवन तर्फ आउदैगरेकाे ना ८ ख २५८४ नं काे ट्रक र चितवनबाट काठमाडौ तर्फ जादै गरेकाे बा ८३ प ९०९० नं. काे माेटरसाईकल बेनिघाट राेराङ ९ हुग्दीखोलाको माेडमा करिब दिउँसो साढे तीन बजे एक आपसमा ठक्कर खादा माेटरसाईकलमा सवार २ जना घाईते भएका हुन। घाइतेहरुलाइ उपचारको लागि मलेखु पठाइएको छ। ट्रक सङ ठक्कर खाएर माेटरसाईकल दुई भागमा विभाजन भएकाे भएतापनी घाइतेहरुको अबस्था चिन्ताजनक नरहेको घटनास्थल बाट पत्रकार बिश्वदिप डल्लाकोटीले जानकारी दिनु भएको छ।