संतोष पौडेल- हुक्दिखोला                                                धादिङ, १५ जेठ । कोरोना भाइरसको दोस्रो भेरिएन्टको संक्रमण बाट सिकिस्त दुई जनाको मोटरसाइकल प्रयोग गरेर उद्धार गरिएको छ।                                                                   तीन दिनदेखि लगातार परेको पानीको कारण धादिङको बेनीघाट रोराङ १० जयपुरीमा एम्बुलेन्स जान नसक्दा संक्रमित ७ मध्य एकै घरका आमा छोरा  कोरोनाका विरामी अलपत्र परेका थिए ।उनिहरुलाई शनिबार एक युवाले मोटरसाइकल मार्फत चौकीटार सम्म पु–याइदिएका छन् ।

धादिङको बेनीघाट रोराङ १० का तरुण दलका संयोजक समेत रहेका सागर श्रेष्ठले जयपुरीका सीता अधिकारी र शिशिर अधिकारीलाई आफ्नो मोटरसाइकल मार्फत चौकीटार सम्प पु–याइदिएका हुन् । बिग्रिएको जोखिम सडकमा आफ्नो ज्यानको बाजी राखेर मोटरसाइकल मार्फत कोरोनाका विरामीलाई उद्धार गरेकोले यतिबेला उनको कामको सबैले प्रशंसा गरेका छन् ।                                                                                                    मोटरसाइकल बाट पृथ्वीराजमार्ग सम्म उद्धार गरिएको बिरामी लाई एम्बुलेन्स मार्फत मलेखु लिएर गइ बिरामिको अहिले मलेखुको अस्थायी  कोभिड अस्पतालमा उपचार भै रहेको छ।