कुुरिनटार, २ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको भूमीहिन तथा सुकुम्वासी आयोगको कार्यालय सञ्चालनका लागि निशुल्क घर उपलब्ध भएको छ । समाजसेवी दम्पतीद्वय नर बहादुर नेपाल र रीता अर्याल नेपालले कुरिनटारमा रहेका घरको दुई वटा सटर निशुल्क उपलब्ध गराउनुभएको हो ।
नर बहादुर नेपाल साना किसान कृषि सहकारी संस्था लि. कुरिनटारको अध्यक्ष र रिता नेपाल अर्याल इच्छाकामना गाउँपालिका राजश्व शाखाका प्रमुख हुनुहुन्छ ।
कार्यालय सञ्चालनका लागि घरका दुई वटा सटर निशुल्क उपलब्ध गराएकोमा गाउँपालिका प्रवक्ता सावित्री गुरुङले उहाँहरुको महान काम र कदम प्रति उच्च सम्मान रहेको व्यक्त गर्दै धन्यवाद दिनुभयो ।