कुरिनटार – इच्छाकामना गाउँपालिकामा कोरोनाको दोश्रो लहरले एक जनाको ज्यान गएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर तीनकि ४९ बर्षिय महिलाको कोरोनाको कारण ज्यान गएको चितवन मेडिकल कलेजले जनाएको छ। केही दिन देखि सिकिस्त बिरामी भएर भेन्टिलेटरमा उपचाररत महिलाको हिजो बिहान कोरोना परिक्षण रिपोर्ट पोजिटिभ आएको थियो। हिजो बेलुका भेन्टिलेटरमा राखेरै उपचार गराइरहदा कोरोना संक्रमित बिरामीको ज्यान गएको हो। इच्छाकामना गाउँपालिका स्वास्थ साखाले भने अहिले सम्म बिरामिको ज्यान गएको बारे पुष्ठि गरेको छैन।