इच्छा खबर: चितवन २७ बैशाख । इच्छाकामना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बम बहादुर थापा मगर (बिजय)ले आफ्नो निजि गाडी बिरामीलाई अस्पताल ल्याउन लैजान परेमा २४ सैं घण्टा निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले आज बिहान फेसबुक मार्फत उक्त घोषणा गरेकागर्नुभएको हो ।

उहाँले स्टाटस लेखेर आफ्नो मोबाईल नम्बर समेत सार्वजनिकगर्नुभएको छ । नागरिकलाई कोभिड संक्रमण प्रभावका कारण प्रशासनले गरेको निषेधाज्ञामा बिरामी परे उपचारका लागि अस्पतालसम्म जान आउन असहज हुने हुदाँ सहजताका लागि आफुले यस्तो घोषणा गरिएको वडाध्यक्ष थापाले बताउनुभयो ।