जन्मदिन कोषमा मार्फत नेकपा माओवादी केन्द्र इच्छाकामनाका सचिवालय सदस्य हरि सुनार र प्रगती पाठशाला कुरिनटारका सहायक प्रिन्सिपल इश्वरविलास अधिकारीले घरमै पुगेर उक्त रकम सहयोग गर्नुभएको हो ।


वडासदस्य डिल बहादुर चेपाङ , जन्मदिनकोषका अभियनता तथा नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य प्रताप गुरुङ, जिल्ला सदस्य सावित्रि सिलवाल, हरि थापा , सम्झना खड्का सिलवाल, शिव पौडेल लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गर्नुभएको हो ।
वडा सदस्य डिल बहादुर चेपाङको पहलमा उक्त सहयोग गरिएको हो । हावाहुरीले वविता चेपाङ र निर्मला चेपाङको घर उडाएपछि उनिहरुको परिवार अलपत्र परेका छन् । अहिले उनिहरुको परिवार छिमेकीको घरमा बस्दै आएका छन् ।


जस्ताको छाना उडाएपछि पुन : प्रयोग गर्न नमिल्ने गरि  क्षती भएको वविता चेपाङले बताउनुभयो । जस्ता पाता किन्ने पैसा नहुदाँ उनिहरु बिचल्लीमा परेका हुन् ।
वडा सदस्य डिल बहादुर चेपाङले पनि पुरानो जस्ता भएका कारण पुन घर छाउन नमिल्ने गरि क्षती पुगेकोले घरको छानोका लागि सहयोग गर्नुपर्ने अवस्था भएको बताउनुभयो ।
उहाँले सहयोगका लागि गाउँपालिकामा पहल गरिदिने बताउनुभयो ।

जन्मदिनकोषमा सहयोग प्राप्त रकमले इच्छाकामनामा रहेका विपन्न बालबालिको शिक्षामा , असहाय , विपद्मा परेको विपन्न परिवारहरुका लागि सहयोग गर्दै आइरहेको नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य समेत रहेका अभियनता प्रताप गुरुङले बताउनुभयो ।
समाजसेवीहरुले जन्मदिनको अवसरमा यस कोषमा सहयोग गर्दै आएका छन् ।