
कुरिनटार : इच्छाकामनामा साबुन, हार्पिक र सर्फ बनाउने तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा एकल महिलाहरुका लागि सञ्चालन गरिएको पाँच दिने तालिम सम्पन्न भएको हो । ‘एकल हौँ सबल छौँ ’ भन्ने मुलनारा सहित एकल महिलालाई स्वरोजगार बनाउने उदेश्यले तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो ।
एकल महिलाहरुलाई आत्म बलका साथ केही गर्न सक्छौँ भन्ने उदेश्यका साथ अघि बढ्न आग्रह गर्दै अध्यक्ष गुरुङले गाउँपालिकाले आवश्यक साथ सहयोग गर्ने बताउनुभयो । साथै उहाँले एकल महिला, दलित, चेपाङ , महिलाहरुको आर्थिक सवलीकरणका लागि गाउँपालिकाले विभिन्न आयमुलक सीपका लागि तालिमहरु प्रदान गरिरहेको बताउनुभयो ।
उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा लागु गरि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।
तालिमको समापन कार्यक्रममा गाउँपालिका प्रवक्ता सावित्रि गुरुङ, प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्ट, वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष विदुर सिलवाल लगायतको आतिथ्यता रहेका थिए । कार्यक्रम रिता अर्याल नेपालले सञ्चालन गर्नुभएको थियो । गाउँपालिकाको आयोजना तथा एक महिला संघ इच्छाकामनाको समन्वयमा सम्पन्न उक्त तालिममा ३४ जना एकल महिला सहभागि थिए । एकल महिलालाई साबुन, हार्पिक र सर्फ बनाउने तालिम