चुम्लिङटार- खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंले गरेको निरीक्षण तथा मुल्यांकनमा चुम्लिङटार स्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले उच्च अंकसहित अति उत्तम स्टिकर प्राप्त गरेको छ ।                                                                 आज आइतबार एक कार्यक्रम आयोजना गर्दै बिभागले इच्छाकामनाका होटलहरुलाइ स्टिकर प्रदान गरेको हो । कार्यक्रममा खाद्य प्रबिधी तथा गुण नियन्त्रण बिभागका वरिष्ठ  अनुसन्धान अधिकृत भीम प्रसाद पुलामी, अनुसन्धान अधिकृत शिव भण्डारी, इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, वडा अध्यक्ष लगायतले उत्त स्टिकर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रम मा वरिष्ठ अशिकृत भन्डारीले केही समय पहिले हाइवे मा गुणस्तरीय खाना नपाइने गुनासो भएपनी अहिले विभिन्न ठूला होटलहरुको निर्माण तथा ब्यबसायीमा सचेतना बढेको कारणले सुधार भएको बारे उल्लेख गर्नुभयो भने गाउंपालिका अध्यक्ष गुरुङले स्थानीय रुपमा पनि इच्छाकामना गाउंपालिकाले अनुगमन गरि यस गाउंपालिकामा सेवा लिने ग्रहाकलाइ खाद्य ग्यारेन्टी गर्ने योजना रहेको बताउनु भयो । सिद्धार्थ रिसोर्ट सङै इच्छाकामना वडा नं ४ को रिभरसाइड स्प्रीङ रिसोर्ट र वडा नं ५  मुग्लिनको दाल भात पावरले पनि उच्च गुणस्तरको तीन तारा सहितको स्टिकर प्राप्त गरेेेको छ । कार्यक्रम इच्छाकामना ३ चुम्लिङटार स्थित सिद्धार्थ रिभरसाइड रिसोर्टमा सन्चालन गरिएको थियो।