
कुरिनटार- जन पत्रकार संगठन चितवनले आगामी महासंघको निर्वाचनमा प्रकाश सिग्देलको नेत्रित्वमा पत्रकार महासंघमा जाने निणर््य गरेको छ । संगठनका अध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा पत्रकार महासंघ चितवनको हलमा बसेको बैठकले प्रकाश सिग्देलको नेत्रित्वमा राष्ठबादी संक्तिहरुसंग सहकार्य गरेर जाने निर्णय गरेको हो । नेकपा चितवका ईन्चार्ज प्रयास र जनस्वास्थ्य कर्मी महासंघका महासचिव डा प्रकाश चन्दको बिशेष आतिथ्यतामा बसेको बैठकले बर्तमान अध्यक्ष होमनाथ न्यौपानेलाई केन्द्रिय सदस्यमा उमेदवार बनाउने, प्रकाश आचार्यलाई बैकल्पिक उमेदवार बनाउने र सरोज उपरकोटीलाई जिल्ला महासंघमा दलित कोटाबाट उमेदवार उठाउने निर्णय गरेको छ । त्यस्तै संगठनले सुर्य बरालको संयोजकत्वमा ११ सदस्य जिल्ला अबिधेशन आयोजक कमिटि गठन गरेको छ । त्यस्तै यहि १७ गते नेपालको रुपान्तरणका लागी बैज्ञानिक समाजबादी ब्यवस्था बिषयक सात्क्षत्कार कार्यक्रम पनि आयोजना गरेको छ । राष्ठ बादी सबै खाले शंक्तिहरु संग मिलेर जाने तर राष्ठ घातीहरु संग कुनै पनि हालतमा सहमती र सहकार्य नगर्ने गरी संगठनका आफना कार्यक्रम र योजनाहरु अगाढी बढाउन नेकपा चितवका ईन्चार्ज प्रयासले निर्देशन दिनु भएको छ । हार सहेर नामेट हुन तयार रहने तर राष्ट घातीहरु संग सहकार्य गर्न तयार नहुने गरी राष्ठबादिहरु संग मिलेर जाने बिषयमा सहकार्य गर्न पनि प्रयासले निर्देशन दिनु भएको छ ।