गोरखा : भरुवमा बन्दुकसहित एक जना पक्राउ पेका छन् । गोरखाको चुमनुब्री गाउँपालिका ३ पाङसिङ बस्ने बर्ष १९को सन्देश गुरुङलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेका हुन् । फागुन १५ गते अबैध भरुवा बन्दुक पड्काएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सिर्दिबास गोरखाबाट प्रहरी टोलीले सन्देश गुरुङको घर खानतलासी गर्दाअवैध रुपमा राखिएको एक नाले भरुवा बन्दुक एक थान फेला परेका थिए । उनलाई आज सार्वजनिक गरिएको हो । गुरुङ सहित उक्त एक नाले भरुवा बन्दुक नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।