
धादिङ : धादिङको बेनीघाटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा मंगलबार बिहान काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो ।
दुवैको ट्रकले थिचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।