कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाका १६६ जना जेष्ठ नागरिकहरुले कोरोना भाइरस ९कोभिड– १९० विरुद्धको खोप लगाएका छन् । आइतबार पहिलो दिन गाउँपालिकाको ७ वटा स्वास्थ्य संस्थाहरु मार्फत ६५ बर्षमाथिका जेष्ठ नागरिकहरुले खोप लगाएका हुन् । ९८ पुरुष र ६८ महिला गरि १६६ जनाले पहिलो दिन कोरोना विरुद्धको खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं १ मा सामुदायिक स्वास्थ्य सेवा केन्द्र भाराङ र काउले स्वास्थ्य चौकी, वडा नं २ मा आधारभुत स्वास्थ्य केन्द्र काउँले, वडा नं। ३ मा आधारभुत स्वास्थ्य केन्द्र माझगाउँ, वडा नं।४ मा दारेचोक स्वास्थ्य चौकी, वडा नं।५ मा पामडाँडा स्वास्थ्य चौकी, वडा नं।६ मा चण्डिभञ्ज्याङ स्वास्थ्य चौकी, वडा नं। ७ मा दाहाखानी स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्र स्याङदीबाट कोरोना खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । जेष्ठ नागरिकहरुले लगाए कोरोना विरुद्धको खोप