इच्छाकामना  :  चितवनको इच्छाकामना गाउँपालिकामा भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन इकाईको स्थापना तथा शुभारम्भ गरिएको छ। गाउँपालिका भित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनका लागि आज एक कार्यक्रमका बिच इकाईको स्थापना तथा शुभारम्भ गरिएको हो।

इकाईको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपमा व्यानर अनावरण गरेर स्थापना तथा शुभारम्भ गरिएको लगत संकलन इकाईका संयोजक हरि देवकोटाले जानकारी दिनुभयो। उहाँका कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, टोल बिकास संस्थाका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन शिक्षालय कुरिनटारका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।