
कुरिनटार : चितवनको इच्छाकामना ४ स्थित नाग्दीखोला नजिकै बलेरो जीप दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् ।आज दिउँसो करिब २ः १५ बजेतिरको समयमा मुग्लिनबाट कुरिनटार तर्फ आउँदै स्थानीय रुट मुग्लिन–फिस्लिङ चल्ने गरेको बा १२ च ५७२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई नागदीखोला नजिकै सडकबाट १० मिटर तल खस्दा चालक इच्छाकामना ५ शान्ति बजारका धननारायण जोशी र उनका चार बर्षिय छोरा घाइते भएका हुन् ।
उनिहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
दुर्घटनामा परि चालक जोशी मध्यम र छोरा समान्य घाइते भएका हुन् ।