
चितवन : सरकारद्धारा प्रतिबन्ध लगाइएका विप्लव समूह निकट अखिल क्रान्तिकारी चितवनका सचिवालय सदस्य पक्राउ परेका छन् । उनलाई चितवन प्रहरीले भरतपुर १० सप्तगण्डकी चोक बाट पक्राउ गरेको हो।
धादिङ गल्छी गाउँपालिका वडा नं। ०१ घर भइ हाल चितवन, भरतपुर ११ बस्ने २४ बर्षीय सम्राट भनिने सुमन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुर्य थापाका अनुसार माघ १० गते नेपाल कम्युनिष्ट पार्टी (विप्लव समर्थित) ले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अपवाह फैलाइ समाजमा भय एवं त्रास उत्पन्न गराउने अभिप्राय लिइ उच्श्रींखल गतिविधि गर्ने योजना बनाइ तयारी गरिरहेको अवस्थामा उनलैई नियन्त्रण लिएको हो। पक्राउ परेका श्रेष्ठलाई म्याद थपको अनुमति लिएर ७ दिनको लागी हिरासतमा रखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।