चितवन :  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा चितवनमा एउटा ट्रक तोडफोट भएको छ ।
भरतपुर महानगपालिकाको नारायणपुणमा अज्ञात समूहले ट्रकमा ढुङ्गा हानेर भागेका प्रहरीले जनाएको छ । गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख ३८६३ नम्बरको ट्रकलाई मोटरसाइकलमा गीतानगरतर्फ जाँदै गरेका व्यक्तिले ढुङ्गा प्रहार गरेर भागेको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘मोटरसाइकलमा हिँडेका दुई जना व्यक्तिले ढुङ्गा हानेर भागेका भन्ने जानकारीमा आएको छ’ थापाले भने, ‘विप्लव समूहका मान्छे हुन् वा अरु नै हुन् खुलेको छैन ।’
अज्ञात समूहको ढुङ्गा प्रहारबाट ट्रकको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । ट्रकमा ढुङ्गा हान्ने व्यक्तिको खोजी भइरहेको थापाले बताए ।