तनहुँ :  आँबुखैरेनी गाउँपालिकाको ८ औं गाउँसभा सम्पन्न भएको छ। आज सोमबार गाउँपालिकाको सभाहलमा गाउँसभा सम्पन्न भएको हो।
उक्त सभाले आर्थिक वर्ष २०७७र०७८ का लािग ५८ करोड ५ लाख बराबरको संशोधित कार्यक्रम र बजेटका साथै २ वटा विद्येयक समेत पारित गरिएको गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार गाउँसभाले पारित गरेको विद्येयकमा ५० प्रतिशत अनुदानमा संचालन हुने पशु सेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ र पशुपन्क्षी पकेट क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम संचालन निर्देशिका २०७७ रहेको छ।
यस्तै गाउँसभाले आँबुखैरेनी गाउँपालिकाका हरेक वडामा एकरएक वटा पोखरी र चौतारी निर्माण गर्ने निर्णय गरेको छ। पर्यावरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाको प्रत्येक वडामा एक/एक वटा पोखरी र चौतारी निर्माण गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो।
गाउँसभामा उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, वडाध्यक्ष, सदस्य, कार्यपालिका सदस्य एवं कर्मचारीको सहभागिता थियो । गाउँसभामा चालु आर्थिक वर्षको यस अवधिको कार्यप्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।