
तनहुँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु शाखामा कार्यरत कर्मचारी (तह–४)कृष्ण आलेविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग गैरकानुनी रुपमा ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।
अनुसन्धानको क्रममा आलेले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेक सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको देखिना आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।