
काठमाडौं : देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र त्यस आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।
देशका तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।