
चितवन : चितवनमा मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले चितवनको बिभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न र चोरी भएको मोटारसाइकल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएका बिषेश प्रहरी टोलिले २० गते भरतपुर महानगरपालिका वडा नम्बर १० अष्टभुजा पेट्रोल पम्प पछाडीबाट प्रदेश नम्बर २–०३–००१ प १८७४ नम्बरप्लेट लगाएको २२० सि सि को पल्सर मोटरसाइकल सहित मेलोन सुनारलाई पकाउ गरेको जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–११ गणेस्थान बस्ने १८ वर्षीय शिव वि।क।भरतपुर–८ गौरीगञ्ज पांडे घुम्ती बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भइ हाल भरतपुर–८ पारसनगर बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् । प्रहरीले थप अनुसन्धानको क्रममा दुई मोटरसाइकल र एउटा स्कुटरसहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।
यसैबिच गएको आर्थिक वर्षमा ७६÷७७ मा उजुरी परोको ७५ वटा सवारी साधान मध्ये १० वटा फेला परेको र चोरीमा संलग्न भएका १३ जना व्यक्ती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता९प्रहरी नायव उपरिक्षक० सूर्य बहादुर थापाले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा उजुरी परेको ४८ मध्ये २२ वटा फेला परेको र १८ जनालाई पक्राउ गरिएको गरिएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार चोरी हुने सवारी साधन मध्येमा बजाज कम्पनीको पल्सर मोटारसाईकल बढी रहेका छन् ।