काठमाडौं :  हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।

त्यस्तै प्रदेश नं १ र प्रदेश नं २ को मौसममा आंशिक बदली भएको छ। आज विहान ६ बजे काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।

आजको अधिकतम तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना देखिएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।