
चितवन : चितवनमा बुद्धको मुर्ति सहित तीन जना पक्राउ परेका छन् । रत्ननगरपालिका वडा नम्बर १२ जिरौना बस्ने ४७ बर्षिय ठुलो कान्छा तामाङ, सोही ठाउँका २७ बर्षिय सुरज तामाङ र वडा नम्बर ११ मंगलपुरका ४७ बर्षिय सरोज बहादुर योञ्जन पक्राउ परेका हुन् । रत्ननगरपालिका वडा नम्बर १२ जिरौना स्थित जहारसिंह तामाङको घरमा प्राचिन पुरातात्विक महत्वको मुर्ति बिक्री प्रयोजनका लागी घरमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेका हुन् ।
वागमती प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त टोलीले उक्त मुर्ति सहित उनिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख डिएसपी रविन कार्कीले जानकारी दिनुभयो ।
१६ गते पक्राउ परेका उनिहरुलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनसुन्धान भइरहेको उहाँले बताउनुभयो ।
अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको बुद्धको जस्तो देखिने पित्तलको उक्त मुर्ति(रेम्वोच) २७.८२० केजी तौल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये जनप्रतिनिधि समेत रहेका छन् ।