
काठमाडौं : हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । हाल सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।
त्यस्तै देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहेको छ। आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।
आजको न्युनतम तापक्रम २ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।
त्यस्तै गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिन्छ ।
देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रदेश १ का उच्च हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी आज राती गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।
त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ