
कुरिनटार : गोेरखाको मनकामनामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना माइको मन्दिरमा आउने दर्शनार्थीहरु बढ्दै गएका छन् । कोभिड –१९ को महामारीका कारण ८ महिना बन्द रहेर गत आइतबार देखि खुला गरिएको मन्दिरमा दर्शनर्थाीहरु बढ्दै गएका हुन् ।
केबलकार सञ्चालनमा आएपछि आज शनिबार दुई हजार पाँच सय जनाले केबलकार चढेका छन् । आइतबारदेखि सञ्चालनमा आएको केबलकारमा यस हप्ता सबै भन्दा बढी दर्शनार्थीहरुले आज केबलकार चढेको मनकामना दर्शन प्रा.लिका कार्यवाहक नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो । पहिलो दिन एक हजार जनाले चढेको केबलकार मङ्सिर ३० गते मसान्तको दिन एक हजार आठ सय जनाले चढेका थिए । अन्य दिनको तुलनामा आज सबै भन्दा धेरै जनाले केबलकार चढेका हुन् ।
स्वास्थ्य मापदण्डको पूर्णपालना सहित केबलकार सञ्चालन गरिरहेको प्रा.लिका कार्यवाहक नायब महाप्रबन्धक शेरचनले बताउनुभयो ।
गोरखाको शहिद लखन गाउँपालिका स्थित मनकामनाम रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना माई दर्शन गर्न जानेहरुक लागि प्रमुख माध्यम मनकामना केबलकार हो । चितवनको इच्छाकामना ३ स्थित चेरेसमा बटम स्टेशन रहेको केबलकार नेपालकै पहिलो केबलकार हो । मनकामना मन्दिर र केलबकार सञ्चालनसंगै बटम स्टेशन चेरेसमा रहेको दी मनकामना क्याफे पनि सञ्चालनमा आएका छन् ।