काठमाडौँ : देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज विहान ६ बजे काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।आद्रता ८४ प्रतिशत रहेको छ भने बायुको गति ८ किलोमिटर प्रति घण्टा मापन गरिएको छ ।
आज दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ ।त्यस्तै देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश नं १ को पहाडी भु–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ।आज राती प्रदेश नं १ लगायत देशको पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहने छ ।
त्यस्तै देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
इच्छाखबर संवाददाता












