काठमाडौं :  देशमा पश्चिमी वायुको प्रभावसंगै दक्षिणपूर्वी अरवियन सागरबाट उत्पन्न जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

हाल देशभरको मौसममा आँशिकदेखि सामान्य बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का बर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १ को पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

देशका बाँकि भू–भागको मौसममा आंशिक बदली रहनेछ।

हिमाली भू–भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना छ ।

त्यस्तै प्रदेश नं १ को पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षा हुने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।