काठमाडौं : देशभरको मौसममा दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।
हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशका पुर्वी भू–भागहरु र प्रदेश न २ को मौसममा आंशिक बदली रहेको छ ।
देशका बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भाव छ ।
त्यस्तै देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।
त्यस्तै गण्डकी प्रदेशका पहाडी भू–भागहरू र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
देशको सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।