
हुम्ला : जिल्लाको सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु २ च २१०२ नंम्बरको बलेरो जीप दुर्घटना हुँदा एक बच्चा सहित ७ जना घाईते र ४ जनाको मृत्यु भएको छ । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाडाफयामा राती ११ः०० बजे सो बलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका हुम्लाले जनाएको छ ।
मृत्य हुने सिमकोट(७ का ३० वर्षिय पर्वत सुनार,सिमकोट(२ का पारस बोहरा,नाम्खा(१ हेप्का का ४५ वर्षिय डुकी तामाङ ,उनका श्रीमान ४५ वर्षिय गुरु तामाङ रहेको जिल्ला प्रहरी हुम्लाका प्रहरी उपरिक्षक सुर्यप्रहर एक जना बच्चा सहित ७ जना घाइते र ४ जनाको मृत्यु भएको छ ।
घाईते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल््सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका १ बर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं.१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन ।
घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बलेरो जिप मुल सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।