काठमाडौं  : देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । हाल गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागको मौसममा आंशिक बदली भएको छ ।

त्यस्तै बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।

बाग्मती र प्रदेश नं १ का पहाडी भू–भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।

देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।