इच्छाकामना गाउँपालिकाले गाउँसभा मार्फत पारित गरेको नीति तथा कार्यक्रममा भए अनुरुप मुहान देखि मुख सम्म एक घर एक धारा निर्माण कार्यले गति लिएको छ । आम सर्वसाधारण लाई स्वच्छ पिउने पानी सर्वशुलभ गरि नागरिकको स्वच्छ पिउनेपानीको अधिकार स्थापित गर्न इच्छाकामना गाउँपालिका र आर.आर. एन. तथा डब्लु. यच.यच. को संयुक्त लगानीमा वडानम्बर एकको थाप्राङमा ७२ घर धुरिलाइ प्रत्यक घर एक धारा हुने गरि परियोजनाको बुधबार गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, वडा अध्यक्ष नन्द लाल गिरि तथा सहयोगी संस्थाका प्रतिनिधि आनन्द गौतमले सामुहिक सिलान्यास गरेका हुन। ३१ लाख लागतमा ४५ दिन भित्र परियोजना सम्पन्न गर्ने गरि सिलान्यास गरिएको परियोजाना सम्पन्न भए पछि इच्छाकामना गाउँपालिकाले पारित गरेको नितितथा कार्यक्रम अनुसार वडानम्बर एक थाप्राङका ७२ घर धुरी स्वच्छ खानेपानी बाट लाभान्वित हुने छन।