सुबि प्रतीक्षा

इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बाल विवाह तथा  बहु विवाह विरुद्धको सचेतना कार्यक्रम वडा न. १ कोलभन्ज्याङमा सम्पन्न भएको छ।इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता कुमारी गुरुङको प्रमुख आथित्य तथा वडा न. १ का वडा अध्यक्ष नन्द लाल गिरि को अध्यक्षतामा कार्यक्रम सम्पनन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले सम्पुर्ण दिदी बहिनी तथा टोल विकास अध्यक्षहरुलाई थप सचेतना फैलाउन आग्रह गर्नुभयो । साथै उहाँले बहु विवाह तथा बाल विवाहको विरुद्धमा आफू कठोर भएर लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।


कार्यक्रममा आनन्द गौतम, सावित्री खनाल (पुडासैनी),इलाका प्रहरी कार्यालय मुग्लिङको तर्फबाट सरु लामिछाने लगायतले बाल विवाह तथा बहु विवाहको बिषयमा बोल्नु भएको थियो।

कार्यक्रम रिता नेपाल (अर्याल)ले सन्चालन गर्नु भएको थियो।