
गोरखा ११, मङ्सिर । प्रहरीले गोरखाको फुजेलबाट प्रहरीले गएराती ३ जना जुवाडे सहित करिब २ लाख रुपैयाँ नगद बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले छापा मार्दा गोरखा जिल्ला गण्डकी गाउँपालिका ४ बस्ने ४६ जनक भण्डारीका साथै धादिङ जिल्ला ज्वालामुखी ३ बस्ने बर्ष ६३ खुम बहादुर अर्याल र २ का २२ बर्षका राजकुमार थापा सहित २ लाख ७१ हजार ५२० रुपैयाँ बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक बासुेदव खत्रीवडाको कमाण्डमा गएको प्रहरी टोलीले घेरा हाली ५ जना सहित उत्त नगद बरामद भएकोमा अनुसन्धानका क्रममा २ जना निर्दोष देखिए पछि छाडीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
उत्त स्थानमा २ खालमा जुवा खेलेको भएता पनि प्रहरी आएको थाहा पाउना साथ अन्य मानिसहरु भागेको र उनीहरुको पहिचान भएको र खोजी भई रहेको छ । उनीहरुलाई प्रहरीले बुधबार राती १०ः३० बजे घेराहाली नियन्त्रणमा लिएका थिए ।
पक्राउ परेका सबैलाई जुवा ऐन अन्तरर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्वा दर्ता गरी १० दिनको म्याद थप गरिएको कार्यालयले जनाएको छ । पक्राउ परेका भण्डारी पेशेवार जुवाडे भएको र उनकै घरमा जुवा खेली रहेको अवस्थामा पक्राउ गरीएको कार्यालयले जानकारी दिएको छ ।जुवाको खालबाट १६ थान कौडा, बासको चोयबाट बनेको नाङलो, समेत बरामद भएको डिएसपी खतिवडाले बताउनुभयो ।