
कुरिनटार – इच्छाकामना गाउँपालिकाको बिशेष गाउँसभा सुरु भएको छ। पत्रकारलाइ समाचार संकलनको लागि सभा हल प्रवेशगर्न निशेध गरेर दारेचोक स्वास्थ चौकिको सभाहलमा मध्याह्न १२ बजेको लागि बोलाइएको विशेष गाउँसभा ढिलागरि करिव दिउसो २:३० बजे सुरु भएको हो। गत असारमा सातौ गाउँसभाले टुंगो लगाउन नसकेको वडानम्बर ३ को कार्यलय रहने स्थान तथा प्राकृति श्रोत ब्यबस्थापन तथा संरक्षण विधेयक गरि दुइवटा प्रस्ताव पेश गर्नेगरि बोलाइएको बिशेष गाउँसभामा वडा नितको कार्यलय रहने स्थानलाई मुख्य प्रस्तावको रुपमा लिगिएको छ। गत गाउँसभामा यहि प्रस्ताव उपर निर्धारित समयमा निर्णय लिन नसक्दा वडा तिनको वडाकार्यलयको टुंगो लगाउन सकिएको थिएन । त्यस पस्चात अस्थायीरुपमा कार्यलय फिश्लिङ सारेपछि असन्तुष्ट पक्षले गाउँपालिकाको कार्यलय कुरिनटारमा ताला बन्दी गरेका थिए। विशेष गाउँसभा बोलाउने सर्तमा ताला खोलिएको थियो। यसै बिच इच्छाकामना गाउँपालिकाको विशेष गाउँसभामा स्थानिय पत्रकारलाइ समाचार संकलनको लागि अबरोध गरिएको छ। गत गाउँसभामा सभाहल भित्रनै रहेर समाचार संकलन गर्दै आएका स्थानीय पत्रकारहरुलाइ आजको विशेष गाउँसभाहल भित्र प्रवेशगर्न अवरोध गरिएको हो। समाचार संकलनको लागि सभाहलको गेटमा पुगेका स्थानिय पत्रकार इच्छाकामनान्युज डट कम तथा मनकामना एफ एमका चित्र सोल्टी गुरुङ, राससको इच्छाकामनाका प्रतिनिधि तथा इच्छाकमना एफएमका हिरालाल गुरुङ, इच्छाखबर डटकमका सन्जय पोखरेल लाई सभा सुरुहुनै लाग्दा सभाहलको गेटमा पुगेका पत्रकार हरुलाइ इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुकदेब लम्सालले प्रवेशमा रोक लगाएको जानकारी गराएका थिए। समाचार संकलनमा रोक लागाइनु स्वतन्त्र पत्रकारिता माथिको प्रहार भएको र यस्ता गतिविधिले स्वतन्त्र रुपमा समाचार संकलन गर्न कठिन हुने पत्रकार चित्र सोल्टी गुरुङले बताएका छन।