कुरिनटार – इच्छाकामना साहित्य प्रवाह इच्छाकामना चितवनद्वारा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ति कार्यक्रम सर्वशान्ति मा वि कुरिनटारको स्रोतकेन्द्र भवनमा प्रवचन, स्रष्टा सम्मान तथा रचना वाचन गरी सम्पन्न भएको छ ।                                                                                     साहित्य साधक घ्याल्चोक सास्कृतिक साहित्य उत्थान केन्द्रका अध्यक्ष आदरणीय विष्णुमणि रेग्मीको प्रमुख आतिथ्य तथा सर्वशान्ति मा वि कुरिनटारका वि व्य स अध्यक्ष बासुदेव सिलवालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो । संस्थाका सचिव शंकरप्रसाद सिलवालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमलाई इच्छा खवर डट कमले लाइभ प्रशारण गरेको थियो ।
महाकविप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै कार्यक्रम शुरु भएको थियो । संस्थाका कोषाध्यक्ष सुजन सापकोटाले कोभिड १९ को बिकराल संक्रमणको अवस्थामा पनि आफैँ सुरक्षित रहि आमन्त्रणलाई स्वीकारेर पाल्नुहुने प्रमुख अतिथि विशिष्ट अतिथि समेत साहित्यानुरागी सबैमा स्वागत मन्तव्य सहित अन्तसम्म कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा महाकविप्रति श्रद्धासुमन, देशको राजनीतिक परिवेश तथा सामाजिक पर्वका विषयमा कविता प्रस्तुत गरिएको थियो ।
कविता वाचन गर्नुहुनेहरुमा शिवप्रसाद पौडेल, तेजविलास अधिकारी, रोहिणि त्रिपाठी,नारायण पौडेल ,नारायण भट्टराई , विकास त्रिपाठी,रामनाथ त्रिपाठी,रामजी त्रिपाठी, सरस्वती घिमिरे, लेखकुमारी सापकोटा लगायत हुनुहुन्थ्यो।
सोही अवसरमा द्वय स्रष्टा गोविन्दप्रसाद पौडेल र सरस्वती त्रिपाठी सम्मानित हुनुभएको थियो । स्रष्टा सम्मान पूर्व शंकरप्रसाद सिलवाल बाट स्रष्टा परिचय राख्नुभएको थियो भने सम्मानित स्रष्टा बाट आफ्ना भावनाबाट उब्जिएका रचना वाचन मार्फत उजागर गर्नुभएको थियो । विशिष्ट अतिथि बासुदेव सिलवालले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथिबाट महाकविको सिर्जनात्मक प्रतिभाका बारे चर्चा गर्दै स्वार्थ सम्बन्धि यथार्थपरक रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको उतरार्धमा अतिथिहरुमा मायाको चिनो प्रदान गरिनुका साथै संस्थाका उपाध्यक्ष एकराज शर्मा बाट कार्यक्रमको समीक्षा प्रस्तुत गर्नुभएको थियो । अन्तमा कार्यक्रमका अध्यक्षबाट सबैमा कवितात्मक भनाइबाट आभार व्यक्त साथै महाकविप्रति गीतिलय वाचन गरेर कार्यक्रम विसर्जन गर्नुभएको थियो । यो सहित्य प्रवाहको नियमित कार्यक्रमको रुपमा विगत एक दसकदेखि गरिदै आएको छ।