
१९ कात्तिक – पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ।
दशैंमा रोल्पा मेबाङको घर गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
नर्भिक हस्पिटलमा गरिएको परिक्षणमा उनमा कोरोना देखिएको थियो। माइथेनिया नामक रोग बाट ग्रसित सीता महरालाइ गत १५ गते देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको भएता पनि बुधबार बिहान कोरोनाकै कारण ज्यान गएको हो।