
कुरिनटार, ५ कात्तिक । बुधबार चितवनको इच्छाकामना गाउँपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा उपचारका लागि गएका वडा नम्बर ३ का ६८ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैबिच तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक जना २२ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा नै आँबुखैरेनी– १ की महिलमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।