
काठमाडौं पछिल्लो २४ घन्टामा घण्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्मकै धेरै संक्रमण हो ।
मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ५ हजार ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको ज्यान गएको छ। संक्रमितमध्ये ७४ हजार २ सय ५२ जना निको भएर घर फर्किएका छन् भने जनाको कोरोना भाइरसको संक्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ ।