
गोरखा : प्रहरीले अवैधरुपमा नदी जन्य पदार्थ उत्खनन् गरि ओसार पसार गरिरहेको अवस्थामा प्रहरीले तीन ट्रिपर एक ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ९ बुंकोटघाटबाट अबैध ढुंगा सहित उत्खनन गरि ओसारपसारमा संलग्न रहेको ग १ ख६२१, ग १ख ८०३१, ग १ख ७६ ५५ नम्बरको ट्रिपर ग१ त ५२२६ नम्बरको ट्याक्टलाई आज नियन्त्रणमा लिएको हो
उक्त ट्रिपर र ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाहीका लागि गाउँपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
हाल सम्म अबैध नदीजन्य पदार्थ उत्खनन गरि ओसारपसार गर्ने २६ वटा सवारी साधनलाई नियनत्रणमा लिई कारबाहीका लागि गोरखा नगरपालिकामा बुझाइएको गोरखा प्रहरीले जनाएको छ ।
सांकेतिक तस्बीर