काठमाडौं  :  हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ।

प्रदेश १ का एक दुइ स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुइ स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ । प्रदेश १ का एक, दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।