काठमाडौँ :  सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ ।

वैरागीलाई मुख्य सचिव बनाउने पक्षमा रहेका प्रधानमन्त्री केपी ओली कार्यकाल बाँकी नै रहेका रेग्मीलाई बेलायतको राजदूत बनाउन सरकार तयार भएको हो ।

रेग्मीको पदावधि सकिनु अगावै वैरागीले यही असोज २१ गते नियमति अवकाश पाउने भएपछि रेग्मीलाई बेलायतको राजदूत पद दिएर सरकारले बैरागीलाई मुख्य सचिव बनाइएको हो।

रेग्मीको कार्यकाल सकिन भने अझै दुई हप्ता बाँकी थियो । तर प्रधानमन्त्री बैरागीलाई मुख्य सचिव बनाउने पक्षमा भएपछि बेलायतको राजदूत बनेर रेग्मीले राजीनामा दिनुभएको हो ।

रेग्मीले अहिले राजीनामा नदिएर असोज २२ पछि मात्र दिएको भए चन्द्र घिमिरे, विश्वनाथ ओली र मधुसुदन अधिकारी मुख्यसचिवको दावेदार बन्न पाउने थिए । तर रेग्मीले प्रधानमन्त्रीको इच्छा पूरा गर्न आफू बेलायतको राजदूत बन्दै राजीनामा दिनुभएको हो ।

खतिवडा भने राष्ट्रिय सभामा पुनर्नियुक्ति नपाएपछि अर्थमन्त्रीबाट राजीनामा दिई प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त हुनुभएको थियो ।

तर प्रधानमन्त्री ओलीले खतिवडालाई पनि अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको हो ।
एको छ ।