भूम्लिचोक, १२ असोज । जनता समाजवादी पार्टी नेपालले गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र वडा नम्बर ८ सिउरेनीटारमा हुनु पर्ने माग गरेको छ ।
जनता समाजवादी नेपाल पार्टी  गण्डकीले  प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाको प्रशासनिक केन्द्र ओखलडाँडाको विकल्प वनटार हुन नसक्ने भन्दै अवको विकल्प स्वरुप सुगमता र समदुरीताको दृष्टिकोणले सिउरेनीटार नै उपयुक्त रहेको जनाएको हो ।
पर्टीका गाउँपालिका अध्यक्ष यमदत्त दुवाडीद्वारा हस्ताक्षरित विज्ञप्तीमा वडा नम्बर ८ सिउरेनीटारमा केन्द्र राख्नका लागि दबाब सृजना गर्न समेत जनसमुदायमा अपिल गरेको छ ।
साथै नेकपा र कांग्रेसबिचको विवादका कारण गाउँसभा तथा वजेट अधिवेशन हुन नसक्दा सबै प्रकारका विकास निर्माण र सामाजिक कामहरु ठप्प हुन जादाँ जनता चर्को मारमा परेको जनाएको छ ।
हैरौँ पुरा विज्ञप्ती