भूम्लिचोक :  गोरखाको गण्डकी गाउँपालिकाको छैठौँ गाउँसभा अनिश्चत बनेको छ । असार १० गते भित्रै सुरु हुनु पर्ने गाउँसभा केन्द्र विवादका कारण अझै अनिश्चत बनेको हो ।
विवादकाबिच रोकिएको गाउँसभा आज देखि हुने भनिएकोमा गणकपुरक संख्या नै नपुगेपछि स्थगित भएको प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङले जानकारी दिनुभयो । गणकपुरक संख्या नपुगेपछि गाउँसभा १३ गते सम्मका लागि अर्को मिति तोकिएको उहाँले बताउनुभयो ।

तर गाउँसभा १३ गते पनि हुने छाँटकाट देखिएको छैन । नेकपा निकट गाउँसभा सदस्यहरुले आफुहरुको माग सम्बोधन नगरे सम्म गाउँसभामा सहभागी नजनाउने जनाएको छ ।
विवादमा शीर्ष नेताको वार्ताबाट टुंगो लगाएरमात्र अघि बढ्ने भन्ने यसअघिको सहमती विपरित गाउँपालिका अध्यक्ष अघि बढेकाले बहिष्कार गर्नु परेको वडा नम्बर ७ का अध्यक्ष तूलसी रेग्मिले बताउनुभयो । गाउँपालिका केन्द्र राख्ने सम्बन्धमा चुनाव गर्ने भन्ने एजेन्डा बनाएकाले आजको गाउँसभा बहिष्कार गरेको उहाँको भनाई छ ।
गाउँपालिका अध्यक्ष सहमती भन्दा पनि पेलेर जान खोजेको उहाँको आरोप छ ।
तत्काल गाउँपालिका केन्द्र बाहेकका निति तथा कार्यक्रम र बजेट पास गर्दै अघि बढ्ने आफुहरुको प्रस्ताव अध्यक्षले अस्वीकार गरेको उहाँको भनाइ छ ।
गाउँसभा हुन बहुमत सदस्य आवश्यक पर्ने कानुनी व्यवस्था छ।