
धादिङ : अविरल बर्षासंगै पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुिग्लनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् ।
अहिले सडक अवरुद्ध रहेको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।