भूम्लिचोक ,६ असोज । गोरखाको गण्डकी गाउँपालिकाको गाउँसभा असोज १० गते हुने भएको छ । गाउँपालिकाको कार्यालय कहाँ तोक्ने भनि विवाद सिर्जना भएपछि हुन नसकेको गाउँसभा असोज १० गतेलाई तोकिएको हो ।
१० गते हुने गाउँसभाले गाउँपालिकाको कार्यालय कहाँ रहने टुंगो लगाउने अध्यक्ष होम बहादुर रानामगरले बताउनुभयो ।
साथै आजदेखि असोज १० गते १२ बजे सम्म भूम्लिचोक क्षेत्रमा कुनै पनि किसिमको लागु पदार्थ सेवन गर्ने,भीडभाड र होहल्ला हुने गरि कुनै पनि गतिविधि नगर्न गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिका कार्यालय टुंगो लगाउँदा असन्तुष्ट पक्षबाट हुलदंगा हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त मिति सम्म यी कृयाकलापहरु गर्न नपाइने निर्णय गरिएको बुझिएको छ ।